संयुक्त राष्ट्र: इजराइल-हमास युद्धमा अल्प-विरामका प्रयासहरू, तनाउ कम गर्ने र फिलिस्तीनका मानिसहरूलाई तत्काल मानवीय सहायता प्रदान गर्ने अन्तरराष्ट्रिय समुदायको प्रयासहरूको भारतले स्वागत गरेको छ।
संयुक्त राष्ट्रमा भारतकी स्थायी प्रतिनिधि राजदूत रुचिरा कम्बोजले संयुक्त राष्ट्र महासभाको पूर्ण सत्रको गाजा पट्टीमा मानवीय स्थितिलाई लिएर अनौपचारिक बैठकामा भनिन्, ‘भारतीय नेतृत्वको सन्देश स्पष्ट र तार्किक रहेको छ। भारत अन्तरराष्ट्रिय समुदायका ती सबै पाइलाहरूको स्वागत जनाउॅंदछ, जुन युद्ध विराम गर्ने प्रयासहरू केन्द्रित छन् र फिलिस्तीनका मानिसहरूलाई मानवीय सहायता तत्काल उपलब्ध गराउन सक्षम बन्छन्।’
उनले अझ भनिन्, ‘हामी आतङ्कवादका सबै रूपहरूको दृढ़ताका साथ विरोध गर्दछौ। हामी स्पष्टरूपमा हिंसाको विरोधमा छौ। हामी अन्तरराष्ट्रिय मानवीय कानूनको पालन हुनुपर्छ भन्ने पक्षमा छौ, तनाउ अझ बढ्न रोक्नुपर्छ, मानवीय सहायता पुऱ्याउने क्रम जारी रहनुपर्छ, सबै बन्धकहरूलाई बिना शर्त छोड्नुपर्छ र सबै पक्षले शान्ति र स्थिरताको शीघ्र बहालीको दिशामा काम गरुन्।’
कम्बोजले यस दिशामा हामी युद्धमा मानवीय अल्प-विरामका प्रयासहरूको स्वागत गर्दछौ भनिन्।








