गान्तोक: सिक्किम सरकारले आउॅंदो १२ दिसम्बरलाई सरकारी छुट्टी घोषणा गरेको छ। उक्त छुट्टी आगामी २५ नोभेम्बरको सट्टामा दिइएको कुरा आज जारी एउटा अधिसूचनामा उल्लेख छ।
अधिसूचना अनुसार, राज्य सरकारले २५ नोभेम्बरको सट्टामा १२ दिसम्बर, २०२३ लाई सरकारी छुट्टी घोषणा गरेको छ। यस कारण २५ नोभेम्बरमा सबै सरकारी कार्यालय, सार्वजनिक क्षेत्रका उपक्रमहरू र राज्य सरकार अधीनस्थ सबै शैक्षिक संस्थानहरू खुल्ला रहनेछन्।
यस अतिरिक्त, तोकिएको कामको दिन असाधारण र वास्तविक कारणहरूलाई छाडेर आकस्मिक विदा स्वीकृत गरिने छैन भनी अधिसूचनामा जनाइएको छ।
About Author
Post Views: 28