दार्जीलिङ: दार्जिलिङलाई प्लास्टिकमुक्त बनाउन जिरो वेस्ट हिमालयन र दार्जिलिङ नगरपालिकाको आयोजनामा दार्जिलिङको चौरास्तामा सचेतना रैली निकालिएको छ। उक्त संस्थाद्वारा प्लास्टिकद्वारा हुने नोक्सानीहरू विषयमा जनचेतना अभियान गर्दै दार्जीलिङको चौरास्तादेखि रैली निकालेका छन्। उक्त रैली दार्जीलिङको रिङ्ग मलमा समाप्त गरियो भने अाजको रैलीमा विभिन्न स्कूलका विद्यार्थीहरू लगायत सामाजिक संस्था अनि नगरपालिका पार्षद पार्षदिकाहरू उपस्थित थिए। अाजको कार्यक्रम विषयमा जानकारी दिन्दै वार्ड नम्बर ३० की पार्षदिका प्रिया दिक्षितले पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङलाई प्लास्टिकमुक्त बनाउन र हामी दार्जिलिङ पहाड़लाई माया गर्नेहरू मिलेर साथै विभिन्न स्कूलहरू र संघ संस्थाहरू मिलेर आजको सचेतना रैली आयोजना गरिएको बताएका छन्। उनले यस रैलीमार्फत् हामी दार्जिलिङका मानिसहरूलाई प्लास्टिकमुक्त दार्जिलिङ बनाउन सचेतना गराउन चाहान्छौं भनी बताइन्।

त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै जिरो वेस्ट हिमालयनको तर्फबाट काव्य राईले प्लास्टिकमुक्त दार्जिलिङ बनाउनलाई हामीले आज सचेतना रैली आयोजना गरिएको बताउँदै य रैली गरिनुको मुख्य उद्देश्य पनि मानिसहरूलाई सचेतना गराउनु रहेको बताइन्। उनले मानिसहरूलाई थाहा होस् कि हामीले प्लास्टिकको प्रयो बन्द गरेर प्लास्टिकको मांग पनि कम गरेको खण्डमा प्लास्टिकको उत्पादन आफै बन्द हुन्छ भनी बताएकी छन्। काव्य राईले प्लास्टिकको झोलाको बदलामा आफ्नै झोला रवआफ्नै पानीको बोत्तल बोक्न थाले प्लास्टिकको प्रयोग कम हुने र पैसा पनि बचत हुने जानकारी गराएका छन्।