साउथ इण्डियन ब्यांकले एसआईबी इग्नाइट क्विजथोन आयोजना गर्ने

IMG-20231120-WA0199

मुम्बई: निजी क्षेत्रको अग्रणी ऋणदाता साउथ इण्डियन ब्यांकले राष्ट्रिय स्तरको क्विज प्रतियोगिता ‘एसआईबी इग्नाइट क्विजथोन’ आयोजना गर्ने घोषणा गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। यो प्रतियोगिता देशभरका कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूको लागि हो। यसको उद्देश्य कलेज विद्यार्थीहरूको सामान्य र विविध विषयहरूको ज्ञान बढाउनु हो।

ब्यांकले कलेजका सबै बिषयमा अध्ययनरत बिद्यार्थीहरुलाई सहभागी हुन आमन्त्रण गरेको छ। क्विजथोनमा विद्यार्थीहरूलाई समसामयिक घटनाक्रम, खेलकुद, व्यापार, प्रविधि, कला, इतिहास र भूगोलसँग सम्बन्धित प्रश्नहरू सोधिने विज्ञप्तिमा बताएको छ। यो प्रतियोगिता देशभरका आठ प्रदेशमा आयोजना हुनेछ। यस प्रतियोगितामा एउटै कलेजका विभिन्न टिमलाई सहभागी हुन आमन्त्रण गरिएको छ। एउटा टोलीमा कम्तीमा दुईजना सदस्य हुनुपर्ने बताइएको छ।

सम्पूर्ण ‘क्विजथोन’ तीन भागमा आयोजना गरिनेछ। पहिलो चरणमा प्रारम्भिक योग्यता राउण्ड अनलाइन मार्फत संचालन गरिएको छ। जसमा देशभरका टिमले सहभागिता जनाउन सक्नेछन्। दोस्रो चरणको लागि प्रत्येक क्षेत्रबाट योग्य आठ टोलीले अञ्चल स्तरीय प्रतियोगितामा भाग लिनेछन्। क्षेत्रीय स्तरको प्रतिस्पर्धा व्यक्तिगत हुनेछ। यस चरणमा सहभागी टोलीहरूले विभिन्न प्रश्नहरू मार्फत आफ्नो द्रुत निर्णय लिने र समस्या समाधान गर्ने मानसिक क्षमता प्रदर्शन गर्नुपर्नेछ। प्रत्येक जोनको विजेता टोली ग्रान्ड फिनालेमा जानेछ। राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ५० हजार, दोस्रो हुने टोलीलाई १ लाख र तेस्रो हुने टोलीले ६० हजार रुपियाँ पुरस्कार पाउनेछन्।

साउथ इण्डियन ब्यांकका कार्यकारी उपाध्यक्ष तथा प्रमुख व्यापार अधिकृत थोमस जोसेफले भने, ‘देश निर्माणमा युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। उनीहरुले आफ्नो शिक्षाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याएर देशको प्रगतिको बलियो जग बसाल्छन्। नवप्रवर्तन, विकास र सामाजिक उत्थानमा पनि युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। साउथ इण्डियन ब्यांकसँग नयाँ पुस्तालाई प्रेरणा दिने र सशक्त बनाउने ९४ वर्ष लामो परम्परा रहेको छ। ‘एसआईबी क्विज’ मार्फत ब्यांकले सोही प्रतिबद्धता पूरा गरिरहेको छ। यस कदमले कलेजमा अध्ययनरत युवाहरूमा शिक्षासँगै बौद्धिक विकासलाई प्रोत्साहन गर्नेछ। उनीहरुमा बौद्धिक जिज्ञासाको ज्योति जाग्नेछ। यस प्रतियोगिताले युवाहरुमा ज्ञानप्रतिको जिज्ञासा र चाहना अभिवृद्धि गर्ने ब्यांकको विश्वास छl’ यस समृद्ध ज्ञान प्रतियोगितामा सहभागी हुन ब्यांकले सम्पूर्ण युवाहरुलाई आह्वान गरेको छ।

एसआईबी क्विजथोनले यस प्रतियोगितामा भाग लिएर आफ्नो ज्ञान र प्रतिभा प्रदर्शन गर्न देशभरका कलेजका विद्यार्थीहरूलाई निमन्त्रणा गर्दछ। विद्यार्थीहरूले https://online.southindianbank.com/SIBIgnite/URL मा गएर अनलाइन प्रतियोगितामा भाग लिन सक्छन्। यसको लागि अन्तिम मिति ३० नोभेम्बर हुनेछ। पिनाकल एसएसोसिएट्स एसआईबी इग्नाइट क्विजथोनको लागि विशेष सेवा प्रदायक साझेदार हुनेछ। यसले उद्यमहरूलाई एकीकृत स्वचालित च्याट र संचार समाधानहरू प्रदान गर्ने प्रेस विज्ञप्तिमा बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *