राज्यको पाँचवटा मोडल रेसिडेन्सियल स्कूलमा जनजातिय गौरव दिवस पालन

IMG-20231120-WA0226.jpg

गान्तोक: भगवान बिरसा मुन्डाको जन्यजयन्तीको अवसरमा राज्यको पाँचवटा मोडल रेसिडेन्सियल स्कूलमा जनजातिय गौरव दिवस पालन गरियो। विशेष गरेर स्वायेम, ग्याङयाप, झुसीथाङ र पारखा इएमआरएसमा दुई दिवसीयरूपमा उक्त कार्यक्रम मनाएको जानकारी गराइएको छ। यस अवसरमा विद्यार्थीहरूलाई लिएर प्रतिष्पर्धात्मक र गैर प्रतिष्पर्धात्मक गतिविधिहरू आयोजना गरिएको थियो। गैर प्रतिष्पर्धात्मक गतिविधिहरूमा जस्तै वाकाथन, संस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रमको दोस्रो दिन प्रतिष्पर्धात्मक कार्यक्रम आयोजना गरिएको थियो, जस्तै अन्तर हाउस साहित्यिक, चित्रकला, निवन्ध र कवितावाचन प्रतियोगितालाई समावेश गरिएको थियो। ट्राइवल रिसर्च इन्सटीट्यूट डिभीजन, समाज कल्याण विभागको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *