चिया बगानमा झुण्डिएको अवस्थामा एक व्यक्तिको मृतदेह फेला

IMG-20231120-WA0150.jpg

सिलगढी: मोतीधर चिया बगानको फोर्सलाइन क्षेत्र एक व्यक्तिको लास फेला परेको छ। यो घटनाले पूरै क्षेत्रमा सनसनी फैलाएको छ। मृतकको नाम सुभाष किसपट्टा (३२) हो। उनी सोही क्षेत्रका बासिन्दा हुन्। घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा लाश परिवारका सदस्य र स्थानीयले फेला पारेको बताइएको छ। यो देखेर स्थानीय र परिवारका सदस्यले पुलिसलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै विधाननगर पुलिस थानाबाट पुलिस घटनास्थल पुगेको थियो। पुलिसले लाशलाई पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement