गान्तोक: महिला एवम् वाल विकास विभाग मन्त्री सञ्जीत खरेलले आज नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा क्रेच सेन्टरको उद्घाटन गरे।
नाम्ची ग्रामीण योजनाअन्तर्गत सरकारी नौकरीमा कार्यरत नानीका आमाहरूको सुविधालाई ध्यानमा राख्दै क्रेच सेन्टरको निर्माण गरिएको छ। आमाले ६ वर्षसम्मका नानीहरूलाई कार्यालयमा ल्याएर नानीको हेरचाह गर्न सक्नेछन्।
विशेष गरेर घरमा नानी हेर्ने कुनै पनि सदस्यहरू नभएका आमाहरूले नानीलाई क्रेच सेन्टरमा लगेर कार्यालयको छुट्टी नभएसम्म राख्न सक्नेछन्। क्रेच सेन्टरमा बालबालिकाका लागि पिउने पानी, सरसफाई सुविधा, खाना पकाउने सामग्री, वृद्धि अनुगमन, स्वास्थ्य परीक्षण, औषधि तथा प्राथमिक उपचार किट र खेलकूद सामग्रीलगायत अन्य सुविधा पनि उपलब्ध हुनेछ।

यस अवसरमा मन्त्री खरेलले सेन्टरमा कार्यरत सबै कर्मचारीहरूसँग अन्तरक्रिया पनि गरे।










