आईपीआर विभागले पालन गऱ्यो राष्ट्रिय एकता दिवस

n5582059821700491852228f0ad17c121998b10fe39ef6d6bee1ef9a5c8b30e3b2b1f5441ba024cc3fb794a.jpg

गान्तोक: राज्यभरि नै राष्ट्रीय एकता दिवस पालन गरियो। यसै क्रममा सूचना एवम जन्सम्पर्क विभाग कार्यालयमा पनि राष्ट्रीय एकता दिवस पालन गरियो भने यस अवसरमा विभागकी सचिव कर्मा डी. युत्सोले विभागका सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। उल्लेखनीय छ, प्रतिवर्ष १९ नोभेम्बरको दिन राष्ट्रीय एकता दिवस मनाउने गरिन्छ, तर हिजो विदा भएको कारण आज पालन गरिएको हो। देशकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको जन्म जयन्तीलाई राष्ट्रीय एकता दिवसकोरूपमा पालन गर्दै आइरहेको छ। राष्ट्रको स्वतन्त्रता र अखण्डताको रक्षा गर्न र देशका नागरिकहरूबीच एकता अनि सद्भाव कायम गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यसरी नै राजधानीस्थित टाशीलिङ सचिवालयमा राज्यका मुख्य सचिव भीबी पाठकले सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। यस अवसरमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर तेलाङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यसरी नै मंगन जिल्लामा पनि राष्ट्रीय एकता दिवस पालन गरियो।

यस अवसरमा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले अधिकारीहरलाई शपथ ग्रहण गराए। सोही प्रकारले सोरेङ जिल्लामा पनि राष्ट्रीय एकता दिवस पालन गरियो। यस अवसरमा सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले जिल्ला प्रशानिस कार्यालय परिसरमा सबैलाई शपथ ग्रहण गराएको जानकारी गराइएको छ। यस अवसरमा महकुमा अधिकारी (मुख्यालय) डीआर विष्ट, सोरेङका महकुमा अधिकारी सनी खरेल लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement