गान्तोक: राजधानीस्थित टाशीलिङ सचिवालयमा राज्यका मुख्य सचिव भीबी पाठकले अब सबै अधिकारी र कर्मचारीहरूलाई राष्ट्रिय एकता दिवसको शपत ग्रहण गराए। यस अवसरमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर तेलाङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
यसरी नै मंगन जिल्लामा पनि राष्ट्रिय एकता दिवस पालन गरियो। यस अवसरमा मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले अधिकारीहरलाई शपथ ग्रहण गराए। सोही प्रकारले सोरेङ जिल्लामा पनि राष्ट्रीय एकता दिवस पालन गरियो। यस अवसरमा सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले जिल्ला प्रशानिस कार्यालय परिसरमा सबैलाई शपथ ग्रहण गराए।










