वेतन नपाएकोले चिया श्रमिकहरु बीडीओको शरणमा

IMG-20220519-WA0129.jpg

कालचिनी। बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधिनस्थ रहेको राईमाटाङ र कालचिनीका प्रायः ३०६१ श्रमिक परिवारहरु अहिले कमाएको वेतन पनि नपाएकोले मर्कामा परेका छन।
बन्द हुँदै फेरि खोलिनमा बदनाम कालचिनी र राईमाटाङ चियाबारीको श्रमिकहरुले कमान खोलिएर पनि आजसम्म चुक्ति अनुसारको सुविधा औ पीएफ र ग्रेच्युटीको रकम पुरा नपाईरहेको त्यसमाथि वितेका पाक्षिक वेतन नदिएकोले यी दुवै कमानको श्रमिकहरु आन्दोलित हुँदै अन्ततः आज कालचिनी बीडीओ समक्ष गुहार माग्न आएको थियो।
कालचिनी बीडीओ परिसरमा आज कालचिनी चियाबारीका श्रमिकहरु आएर वेतनको माग साथै वर्तमान मालिक चाहिन्दैन नयाँ मालिक ल्याईदेउ भनि नारा लगाउँदै धरना प्रदर्शन गरेको थियो।
श्रमिकहरुको पक्षबाट कमानको सबै यूनियनहरु हस्ताक्षरित कमान प्रबन्धनपक्षलाई दिएको ज्ञापनको प्रतिलिपि पनि बीडीओ समक्ष सुम्पिएको थियो।
बीडीओ प्रशान्त बर्मनले कमानको समस्यालाई मिलेर सुल्झाउने र मालिकहरुसित बातचीत गरिने आश्वासन दिँदै धरना नगर्ने निवेदन गरेको थियो।
श्रमिकहरुलाई आश्वासन दिने क्रममा बीडीओ प्रशान्त बर्मनले श्रमिक महिलाहरुलाई लक्ष्मी भण्डार ककसले पाए भनि सोधेको प्रसंगमा धरनामा आएका कतिपय आन्दोलित श्रमिक महिलाहरुले कमानले आफूहरुलाई वेतन नदिएकोले बीडीओ सरको शरणमा आएको केही न्याय दिन्छ भनि आएको तर बीडीओ सरले लक्ष्मी भण्डारको विज्ञापन दिएर गएको आरोप लगाएका छन।
यता कालचिनी कालचिनी बीडीओ प्रशान्त बर्मनले श्रमिकहरुको समस्याको छानबीन गरिने र यस समस्यालाई उच्च अधिकारी समक्ष पठाईने जनाएका छन।
यता युनियन नेताहरु गणेश लामा, सोभित लामा, राजेन कामी एवम् अन्यान्यले श्रमिकहरुको वेतन दुई पाक्षिक हुनलाग्दा पनि दिने कुनै लक्षण नदेखाएको र कालचिनी र राईमाटाङ चियाबारीको श्रमिकहरुको पीएफ र ग्रेच्युटीको रकम पुरा नगरेको एवम् अन्यान्य समस्याले जर्जरित भएको श्रमिकहरु आज बाध्य भएर काम छोड़ेर बीडीओ कार्यालयमा धरना बस्न आईपुगेको र कमान कर्तृपक्षले यदि बेलैमा समाधानको बाटो ननिकाले श्रमिकहरुलाई नियन्त्रण गर्न नसकिने जनाएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *