बुमटारको वृद्ध आश्रममा आवश्यक सामग्री प्रदान

IMG-20231120-WA0225.jpg

गान्तोक: महिला एवम् बाल विकास विभागको पहलमा बुमटारमा सञ्चालित वृद्ध आश्रममा वृद्धहरूलाई चाहिने मनोरञ्जनक साधन साथै अन्य हेरचाहको निम्ति सामग्री वितरण गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा महिला एवम् बाल विकास विभाग मन्त्री सञ्जीत खरेल रहेका थिए।

मन्त्रीले गैर सरकारी संस्था दृष्टिले वृद्ध आश्रममा बसेकाहरूको निम्ति आवश्यक सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिँदै कृतज्ञता प्रकट गरे। उनले जनहितका लागि संस्थाले गरेको प्रयास र लगनशीलताको सम्मान गरे। आज वितरण गरिएको सामग्रीले वृद्धहरूको जीवनमा सहयोग पुग्नको साथै केही शारीरिक र मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्न मद्दत गर्ने बताए।

उनले संस्थानका आवश्यकता र मागलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिने बताए। यसका साथै उनले विभागले जनताको हितमा सँधैं काम गर्ने आश्वासन दिए। आजको यस कार्यक्रममा विशेष गरेर व्हील चेयर, फ्लास, रेडियो, ग्लुकोमिटर, डिजिटल ब्लड प्रेसर मनिटर लगायत अन्य धेरै सामग्रीहरू प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement