राज्यको पाँचवटा मोडल रेसिडेन्सियल स्कूलमा जनजातीय गौरव दिवस पालन

n5582059701700491354564522d4f9df504e196ed0fd0f58a631c4f288355c89b7e5be0faf018cc227f66c3.jpg

गान्तोक: भगवान बिरसा मुन्डाको जन्मजयन्तीको अवसरमा राज्यको पाँचवटा मोडल रेसिडेन्सियल स्कूलमा जनजातिय गौरव दिवस पालन गरियो। विशेष गरेर स्वायेम, ग्याङयाप, झुसीथाङ र पारखा ईएमआरएसमा दुई दिवसीयरूपमा उक्त कार्यक्रम मनाएको जानकारी गराइएको छ।

यस अवसरमा विद्यार्थीहरूलाई लिएर प्रतिस्पर्धात्मक र गैर प्रतिस्पर्धात्मक गतिविधिहरू आयोजना गरिएको थियो। गैर प्रतिस्पर्धात्मक गतिविधिहरूमा जस्तै वाकाथन, संस्कृतिक कार्यक्रम रहेको थियो।

कार्यक्रमको दोस्रो दिन प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरिएको थियो, जस्तै अन्तर हाउस साहित्यिक, चित्रकला, निवन्ध र कवितावाचन प्रतियोगितालाई समावेश गरिएको थियो। ट्राइवल रिसर्च इन्सटीट्यूट डिभीजन, समाज कल्याण विभागको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement