गान्तोक: राज्यका महिला एवम् वाल विकास विभाग मन्त्री सञ्जीत खरेलले आज जोरथाङस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा फिजियोथेरापी सेन्टरको उद्घाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सञ्जित खरेलले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आवश्यकता अनुसार राज्यभर विभिन्न अत्यावश्यक सार्वजनिक पूर्वाधारहरूको विकास गरेर जनताको जीवनस्तर माथि उठाउन निरन्तर प्रयास गरेकोमा धन्यवाद दिए।
उनले यस नयाँ फिजियोथेरापी सेन्टरले यस क्षेत्रका जनतालाई सेवा प्रदान गर्ने बताउँदै अब जोरथाङका मानिसहरू फिजियोथेरापी गर्न टाडा जानु नपर्ने जनाए।
उनले जनहितका लागि समग्र स्वास्थ्य सेवामा सुधार गर्दै सीएचसीका स्वास्थ्यकर्मीले गरेको उत्कृष्ट कार्यको पनि प्रशंसा गरे। आज उद्घाटन गरिएको फिजियोथेरापी सेन्टरले स्थानीयहरूलाई धेरै सेवा पुऱ्याउन सक्ने मन्त्री खरेलले सम्भावना व्यक्त गरेका छन्।
कार्यक्रममा उनले फिजियोथेरापी सेन्टरलाई विभिन्न थेराप्युटिक टुल किटहरू पनि हस्तान्तरण गरे। यी चिकित्सीय उपकरण किट महिला तथा बाल विकास विभागले उपलब्ध गराएको हो।











