नयाँ दिल्ली: विश्वकप २०२३ को फाइनलमा भारत अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ। तर यी दुई टोली फेरि आमनेसामने हुनेछन्। दुवै टोली ३ दिनपछि फेरि भिड्नेछन्। सन् २०२४ को टी–२० विश्वकप अर्को वर्ष हुनेछ। यसअघि भारतीय टोलीले अष्ट्रेलियासँग २३ नोभेम्बरदेखि टी–२० सिरिज खेल्नेछ। यो सिरिज २३ नोभेम्बरबाट भारतमा खेलिने छ।
भारत-अष्ट्रेलिया टी-२० सिरिजको तालिका
भारत र अस्ट्रेलियाबीचको ५ वटा टी–२० म्याचको सिरिजको पहिलो खेल २३ नोभेम्बरमा विशाखापट्टनममा हुनेछ। दोस्रो खेल २६ नोभेम्बरमा त्रिवेन्द्रममा हुनेछ। तेस्रो टी–२० खेल २८ नोभेम्बरमा गुवाहाटीमा हुनेछ। यसपछि चौथो टी–२० खेल १ दिसम्बरमा नागपुरमा र सिरिजको अन्तिम खेल ३ दिसम्बरमा हैदरावादमा खेलिने छ।
युवा खेलाडीले मौका पाउन सक्छन्
यस शृङ्खलामा २०२३ को विश्वकपमा सहभागी खेलाडीहरूलाई आराम दिन सकिनेछ। हार्दिक पाण्ड्या पनि चोटसँग संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा टीम इन्डियाले नयाँ कप्तानको साथ यो सिरिजमा प्रवेश गर्न सक्छ। यससँगै एसियाली खेलकुद २०२३ मा खेल्ने खेलाडीलाई यो शृङ्खलामा ट्रायल गर्न सकिन्छ। जसमा यशस्वी जैसवाल, ऋतुराज गायकवाड, रिंकु सिंह जस्ता खेलाडी छन्। अर्कोतर्फ अष्ट्रेलियाले यस सिरिजका लागि आफ्नो टोली घोषणा गरिसकेको छ।
टी-२० सिरिजका लागि अष्ट्रेलिया टोली:
म्याथ्यू वेड (कप्तान), डेभिड वार्नर, ट्राभिस हेड, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, म्याट सर्ट, मार्कस स्टोइनिस, टिम डेभिड, जोस इंग्लिस, जेसन बेहरेनडोर्फ, शन एबट, नाथन एलिस, स्पेन्सर जोन्सन, एडम जाम्पा, तनवीर सांघा।











