न्यायमूर्ति अभिजीत गांगुलीले शिक्षक नियुक्तिको कुनैपनि मामिलाको सुनवाई नगर्ने

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः कलकत्ता हाईकोर्टका चर्चित न्यायाधीश न्यायमूर्ति अभिजीत गांगुलीले शिक्षक नियुक्तिसित सम्बन्धित कुनैपनि मामिलाको सुनवाई गर्नेछैनन्। सोमवार उनले स्वयं यसको जानकारी दिए। पूजाको छुट्टीपछि सोमवारदेखि कोर्ट खोलिएको छ।

उनकै अदालतमा एसएससीसित सम्बन्धित मामिलाको सुनवाई हुनुथियो तर उनले स्पष्ट गरे कि एसएससी मामिलाहरूको सुनवाईको निम्ति सुप्रीम कोर्टको आदेशमा विशेष पीठको गठन गरिएको छ। त्यही पीठले सबै मामिलाहरूको सुनवाई गर्नेछ, यसैले उनले सुनवाई गर्नेछैनन्।

उल्लेख्य, कलकत्ता हाईकोर्टका मुख्य न्यायाधीश टीएस शिवगणनमले न्यायमूर्ति देवांशु बसार र सब्बार रसीदीको विशेष पीठको गठन गरेका छन्, जसले शिक्षक नियुक्तिका सबै मामिलाहरूको सुनवाई गर्नेछ।

-हिस

About Author

Advertisement