राशन वितरण भ्रष्टाचार- ईडीको रडारमा खाद्य विभागका अधिकारी

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः राज्यको चर्चित राशन वितरण भ्रष्टाचार मामिलामा अब प्रवर्तन निदेशालय (ईडी)को जाँच परिधिमा राज्य खाद्य विभागका अधिकारी परेका छन्। यस क्रममा सर्वप्रथम पक्रा परेका राशन काराबारी बकीबुर रहमानको घऱबाट जफत भएको खाद्य विभागको असली सील र मोहरहरूलाई लिए जाँच शुरू भएको छ। ईडी अधिकारी खाद्य विभागका ती कर्मचारीहरू र अधिकारीलाई खोज्नमा जुटेको छ, जसले बकीबुरसम्म यी चीजहरू पुऱ्याएका छन्।

यहाँसम्म कि केन्द्रिय एजेन्सीका अधिकारी घोटालाको क्रममा पक्रा परेको व्यवसायीसिद राज्य सरकारको लग-इन आईडी र पासवर्ड कसरी पुग्यो, यो देखेर हैरान छन्। छापामारी र तलाशी अभियानमा जाँच एजेन्सीले रहमानका विभइन्न कार्यालयहरूबाट राज्य सरकारका धेरै मोहरहरू जफत गऱ्यो, जुन सबै खाद्य एवं आपूर्ति विभागसित सम्बन्धित थिए। जफत गरिएको मोहरहरूमा पश्चिम बंगाल आवश्यक वस्तु आपूर्ति निगम लिमिटेडका साथै मुख्य निरीक्षक, जिल्ला खाद्य आपूर्ति अधिकारी, खाद्य एवं आपूर्ति विभागका उप-निरीक्षकको मोहर पनि सामेल छ।

ईडी अधिकारीहरूको भनाई छ, कुनैपनि सरकारी विभागमा कुनैपनि कारोबारीको यस प्रकारको प्रभाव र दबदबा तबसम्म सम्भव छैन जबसम्म कारोबारीलाई उच्च अधिकारीहरूको समर्थन प्राप्त हुँदैन। यसबीच राज्यका निवर्तमान वन मन्त्री ज्योतिप्रिय मल्लिक, जसले पूर्व खाद्य एवं आपूर्ति मन्त्रीको रूपमा पनि कामगरेका थिए, यस मामिलामा आफ्नो कथित संलिप्ततालाई लिएर आज उनी न्यायिक हिरासतमा छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement