कालचिनीः गत दशैँ अघिदेखि नै बन्द राईमाटाङ चियाबारीमा विभिन्न आर्थिक समस्याले जुझिरहेको श्रमिकहरूको मुखमा अलिकति भएपनि हाँसो छर्न सोमबार जयगाउँका युवा समाजसेवी नवीन के. छेत्री राईमाटाङ चियाबारी आईपुगेका थिए।
तिनले राईमाटाङस्थित छेवाङ ढुप्सी गुम्बा प्राङ्गणमा पुगेर स्थानीय ८० जना वृद्धाहरूलाई न्यानो कम्बल वितरण गरे। यस अवसरमा नवीन के. छेत्री अनि तिनको टोलीलाई राईमाटाङ चियाबारीको समाजसेवीहरू जयलाल तामाङ, शरण लामा सुदाम लामा, विनोद लामा र अमीर जिम्बाले स्वागत जनाएको थियो।
समाजसेवी नवीन के. छेत्रीले आफूले बिना कुनै स्वार्थ यो सेवा गर्दै आईरहेको र राईमाटाङ चियाबारी बन्द भएकोले यहाँका सबैलाई ठूलो मदत गर्न नसकेता पनि वृद्धाहरूलाई कम्बल दिन मात्र आएको बताउँदै कमानलाई सरकारी पहलमा चाँढ़ै खोलाउन पर्ने र यस्तो बेला सरकारी लगायत सेवा गर्ने हातहरू अघि आउन पर्ने जनाएका छन्। यता चिसो बढ़दै गइरहेको बेला यतिको तातो कम्बल पाउँदा धेरै खुसी लागेको कम्बल पाएका वृद्धा महिलाहरूले बताए। समाजसेवी नवीन के. छेत्रीले धेरै ठाउँहरूमा गरीब र असहायहरूको निम्ति उपचार साथै घर निर्माण गर्न मदत पुऱ्याउँदै आइरहेको र आज राईमाटाङ चियाबारीमा आएर ८० जना वृद्धाहरूलाई दामी कम्बल वितरण गरेको राईमाटाङ चियाबारीको समाजसेवी जयलाल तामाङले जनाएका छन्। यस अवसरमा आज अच्छापाड़ा यूथ डेभसपमेन्ट सोसाइटीको पक्षमा बिजय थुलुङ राई र तिनको टोलीले पनि समाजसेवी नवीन के. छेत्रीलाई स्वागत जनाएको थियो।










