तृणमूल विधायक र अन्य नेताहरूले भक्तहरूबीच छठ पूजाको आनन्द उठाए

83142525-911e-4c9a-82ee-198178b5a239

मालदाः चञ्चलका विधायक निहार रञ्जन घोष छठ पूजाको अवसरमा तुलसीहाटा क्षेत्रमा रहेको महानन्द नदीको घाटमा देखिए। उनीसँगै हरिश्चन्द्रपुर मालदा जिल्ला परिषद्की निर्वाचित सदस्य मर्जिना खातुन पनि थिइन्। यस दिन तुलसीहाटा नदी घाटमा रहेको हाइमस टावरबाट प्रशासनले बत्तिको व्यवस्था गरेको थियो।

आकस्मिक सेवाका रूपमा एम्बुलेन्स पनि उपलब्ध गराइएको थियो। आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म छठ पूजाका लागि नदी किनारमा भीड लागेको थियो। छठ पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न सम्बन्धित क्षेत्रका प्रशासन र पञ्चायतका पदाधिकारीहरूले शिविर समेत आयोजना गरेका थिए। यस दिन तृणमूल विधायक र अन्य नेताहरूले भक्तहरूबिच छठ पूजाको आनन्द उठाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement