नयाँ दिल्ली: संविधान दिवस हरेक वर्ष २६ नोभेम्बरको दिन भारतद्वारा संविधान अङ्गीकार गर्नका साथसाथै यसद्वारा समर्थित आदर्श अनि सिद्धान्तहरूलाई रेखाङ्कित गर्न र हाम्रा संस्थापकहरूको योगदानप्रति सम्मान र आभार प्रकट गर्नका लागि पालन गरिन्छ। संविधान दिवस मनाउनका लागि संसदीय कार्य मन्त्रालयले सबै नागरिकलाई संविधान क्विज अनि प्रस्तावनाको अनलाइन वाचनमा भाग लिनका लागि आमन्त्रित गरेको छ। कसैले पनि कहींबाट भाग लिई प्रमाण पत्र प्राप्त गर्नसक्नेछन्। धेरैभन्दा धेरै जनभागीदारी सुनिश्चित गर्न मन्त्रालयले दुईवटा वेब पोर्टल शुरु गरेको छ। यी वेब पोर्टलहरू हुन्:
- २२ आधिकारिक भाषा अनि अंग्रेजीमा संविधानको प्रस्तावनाको अनलाइन वाचन: https://readpreamble.nic.in/
- अनलाइन क्विज ‘भारत लोकतन्त्रको जननी’: https://constitutionquiz.nic.in/
About Author
Post Views: 30