उत्तरकाशी: उत्तरकाशीको सिलक्यारा निर्माणाधिन सुरूङ्गमा बितेको नौ दिनदेखिकै फसेका ४१जना श्रमिकहरूलाई सुरूङ्गदेखि बाहिर निकाल्नका लागि अन्तरराष्ट्रिय स्तरका टनल एक्सपर्ट प्रोफेसर सर अर्नोल्ड डिक्सको सहयोग लिइँदैछ।
सो जानकारी सोमवार जिल्ला अधिकारी अभिषेक रूहेलाले दिएका हुन्। उनले बताए, टनल विशेषज्ञ अर्नोल्ड डिक्ससित विचार-विमर्श गरी बचाउ अभियानको रणनीतिमाथि चर्चा गरियो।
अन्तरराष्ट्रिय टनल एक्सपर्ट सर अर्नोल्ड डिक्स अस्ट्रेलियाका वासिन्दा हुन्। अर्नोल्ड एकजना वैज्ञानिक हुन्। उनलाई अण्डरग्राउण्ड इन्फ्रास्ट्रक्चर, बिल्डिङ्गस औ ट्रान्सपोर्ट रिस्कको बेजोड़ एवं स्वतन्त्र विशेषज्ञ मानिन्छ। उनी धेरैवटा अन्तरराष्ट्रिय पुरस्कारहरूद्वारा पनि सम्मानित भइसकेका छन्।
अन्तरराष्ट्रिय टनल एक्सपर्ट अर्नोल्ड डिक्सले विश्वभरि नै विभिन्न परियोजनाहरूको लागि विवाद निवारण बोर्ड अनि टेण्डर इभ्याल्युएशन प्यानलमा नियुक्तिहरू गर्दछन्। कानून र इञ्जीनियर दुवैमा विशेषज्ञ भएका कारणले उनले धेरैवटा विवादित तथा कठिन मामिलाहरूमा समझौता गराएका छन्। अब उनी यहाँ आएपछि नौ दिनदेखि सिलक्यारा सुरूङ्गमा फसेका ४१ जना श्रमिकहरूलाई घर फर्काउने बाटो भेटिएको छ।

उत्तराखण्ड सरकारका केन्द्रिय सङ्गठनहरूसित बचाउ अभियानमा समन्वयका नोडल अधिकारी और सचिव डा. नीरज खैरवाल, एनएचएआईडीसीएलका एमडी महमूद अहमद, निदेशक अंशु मनीष खलखो, जिल्लाधिकारी अभिषेक रूहेलाले टनल विशेषज्ञ अर्नोल्ड डिक्ससित विचार विमर्श गरी बचाउ अभियानको रणनीतिमाथि चर्चा गरेका छन्।










