छठ पुजा घुम्न गएको बेला घरबाट नगद राशि सहित सुनको गर-गहना चोरी

IMG-20231120-WA0156.jpg

अलिपुरद्वार: छठ पुजा घुम्न गएको समय घरमा कोही नरहेको फाइदा उठाएर चोरले चोरी गरेर चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटना भुटान सीमावर्ती जयगाउँ भगतसिंह नगर इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार इलाका निवासी स्वर्ण व्यवसायी सन्तोष कुमार आज बिहान परिवारको साथमा छटघाटमा गएका थिए। यसपछि तिनी बिहान ६३० बजी घर फर्किआउँदा दैलो ताला भत्केको अवस्था रहेको साथै घरभित्र आलमारीको ताला भत्काएर नगद १ लाख रुपियाँ लगायत सुनको बहुमूल्य गर-गहना चोरी भएको थाहा पाए।

यसपछि तिनले घटनाबारे पुलिसलाई खबर दिएपछि जयगाउँ थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement