अहमदाबाद: क्रिकेट वर्ल्ड कप ट्रफी जितेपछि अस्ट्रेलियाली टीमका कप्तान पेट कमिन्स सोमवार दुईजना अस्ट्रेलियाली खेलाड़ी अनि आईसीसी अधिकारीहरूसित वर्ल्ड कप ट्रफी लिएर फोटो शूट गराउन साबरमती रिभर फ्रण्ट अनि अटल ओभरब्रिज पुगे।
साबरमती रिभरफ्रण्टको रिभर क्रूजमा अस्ट्रेलियाका खेलाड़ीहरूले खूब आनन्द लुटे। लगभग एक घण्टासम्म खेलाड़ीहरू क्रूजमै बसे। रिभर क्रूजबाटै साबरमती नदी र अटल ब्रिजसित फोटो शूट गराए। यस अवधि कप्तान पेट कमिनसले गुजराती व्यञ्जन खमण ढोकलाको स्वाद लिँदै यसको प्रशंसा गरे।
अस्ट्रेलियाका टीम कप्तान पेट कमिन्स आफ्ना दुईजना खिलाड़ीहरू र आईसीसी अधिकारीहरूसित बिहान ११ बजे साबरमती रिभर क्रूजमा पुगे। क्रूजमा उनलाई स्वागत गरियो। कप्तान कमिन्स र उनका साथीहरूलाई गुजराती खाजा दिइयो। खाजामा फाफड़ा, जलेबी, खमण ढोकला समेत १० प्रकारका अलग-अलग फल औ व्यञ्जन पस्किइयो। कप्तान कमिन्सले ढोकला र खमण खाएर यसको प्रशंसा गरे।

साबरमती रिभरफ्रण्ट र रिभर क्रूजमा सबैलाई प्रसन्न देखियो अनि यसको प्रशंसा गर्दै यसलाई आइकोनिक स्थान बताए। कप्तान पेट कमिन्स फोटो शूट गर्न अटल ब्रिज र रिभर फ्रण्ट पुग्नअघि यहाँ सुरक्षाको कठोर बन्दोबस्त गरिएको थियो। यसपूर्व अर्थात वर्ल्ड कप फाइनल म्याच हुन एक दिनअघि गए शनिवार भारतीय टीमका कप्तान रोहित शर्मा र अस्ट्रेलियाली कप्तान पेट कमिन्स वर्ल्ड कपसित फोटो शूट गर्नका लागि अडालजको वाव गएका थिए।










