सिलक्यारा टनलमा फसेका श्रमिकहरूलिएर तेस्रो पटक प्रधानमन्त्रीले मुख्यमन्त्री धामी सित गरे कुरा

1562dhami.jpg

देहरादून: प्रधानमन्त्री नरेन्द्र मोदी उत्तराखण्डको उत्तरकाशीमा सिल्क्यारा नजिक टनलमा फसेका श्रमिकहरूलाई लिएर चिन्तित भएका छन्। उनको कार्यालयले पनि बचाउ अभियानमाथि निगरानी राखिरहेको छ।

मुख्यमन्त्री पुष्कर सिंह धामीसित प्रधानमन्त्रीले तीन पटक बातचित गरी राहत अनि बचाउ कार्यको प्रगतिको जानकारी लिसकेका छन्।

प्रधानमन्त्री मोदीले भनेका छन्, केन्द्र सरकारले आवश्यक बचाउ उपकरण अनि संसाधन उपलब्ध गराइरहेको छ। केन्द्रिय अनि राज्य एजेन्सीहरूकै परस्पर समन्वयबाट श्रमिकहरूलाई सुरक्षित बाहिर निकालिनेछ। यसबेला टनलमा फसेका श्रमिकहरूको मनोबल बढ़ाउन आवश्यक छ।

मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई बताए, एजेन्सीहरू परस्पर समन्वय अनि तत्परताको साथमा विशेषज्ञहरूको सल्लाह लिएर राहत अनि बचाउ कार्यमा जुटेका छन्। टनलभित्र श्रमिकहरू सुरक्षित छन्। उनीहरूलाई अक्सीजन, पौष्टिक भोजन औ पानी उपलब्ध गराइरहेको छ। उनले स्थलगत निरीक्षण गरिसकेका छन्। राहत अनि बचाउ कार्यमाथि उनले निगरानी राखेका छन्। मेडिकल टीम पनि टनल नजिक तैनाथ छ। श्रमिकहरूलाई चाँड़ै बाहिर निकाल्नका लागि पूर्ण प्रयास गरिँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement