जातीय वाद्यवादन बनाउने र बजाउने शिल्पकार साङबीर तामाङ

IMG-20231120-WA0098.jpg

गोरुबथान (महेश्वर प्रधान): कफेरको सानो गाउँमा जन्मिएर हुर्किएका भूइफुट शिपकार हुन् साङबीर तामाङ वाइबा। आफ्नो जातीय संस्कृति भनेपछि मरिमेट्ने वाइबा एकदमै साधारण जीवनयापन गर्ने गर्छन्।
साङबीर तामाङ वाइबा, कफेर निवासी बहुप्रतिभाशाली व्यक्तित्व हुन्। उनी आफ्नै हातले खोपेर हाम्रो जातिय वाद्यवादन बनाउने गर्छन। मारुनी मादल, पश्चिमेली मादल, टुङ्ना, डम्फु, साराङ्गी तथा अन्य धेरै वाद्यवादन बनाउने साङबीर तामाङले यी वाद्यवादन आफ्नै हातले बजाउने पनि गर्छन्। हामीले हाम्रो संस्कृतिको जगेर्ना हामी आफैले नै गर्न पर्छ भन्ने विचार बोक्ने साङबीर तामाङले यी वाद्यवादन तयार गर्छन।

उचित मूल्य पाए यी वाद्यवादन बेच्ने पनि गरेका छन्। हाम्रो जातीय वाद्यवादन बजाउनु तथा बनाउन सिक्न चाहनेहरुलाई उनी सिकाउन पनि चाहान्छन्। कोही इच्छुक महानुभावहरुले दिइएको नम्बरमा सोझै सम्पर्क गरेर थप जानकारी पनि लिन सक्नेछन्। सम्पर्क संख्या: ९३८८०४९८८७

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement