रानीपुलमा चुनावी अभिमुखी कार्यक्रम

IMG-20231119-WA0221.jpg

गान्तोक: देशका मतदाताहरुलाई प्रणालीगत मतदाता शिक्षा र निर्वाचन सहभागिता पहलअन्तर्गत अभियानको दोस्रो दिन राज्य मुख्य निर्वाचन अधिकारी कार्यालयले रेड एफएमसँगको सहकार्यमा चुनावी चेतना अभिवृद्धि कार्यक्रम आयोजन गऱ्यो। ह्वील अफ डेमोक्रेसी नाम दिइएको यो रोड शो आज रानीपुल बजारमा पनि सम्पन्न गरियो। दिनभरिको अभियानमा पाक्योङ महकुमा अधिकारी टेन्डुप लेप्चा, र अन्य अधिकारीहरु दोर्जी शेर्पा, प्रदीप गुरुङ र विजय राईको उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै लेप्चाले विशेष गरी युवा पुस्तालाई सक्रिय सहभागिता र प्रजातन्त्रमा योगदान पुर्‍याउनका लागि सचेतना कार्यक्रमको एक हिस्साका रूपमा अभियानमा सामेल हुने कुरामा जोड दिए। सचेतना कार्यक्रमलाई रेड एफएम ९३.५ का आरजे प्रबलले मतदाता नामावलीको संशोधनबारे बताए। १७ अक्टोबरदेखि सुरु भएको चुनावी मतदानको विशेष सारांश संशोधनबारे जानकारी गराए। मतदाताहरूले आफ्नो आवेदन ९ दिसम्बरमा नजिकको मतदान केन्द्रहरूमा राख्न सक्नेछन्। त्यसैगरी नयाँ मतदाताले दर्ता गराउन फारम छ, मतदाताको मृत्यु भएमा नाम हटाउन फारम र फोटो अनि नाम सच्याउन र ठेगाना प्रमाण त्रुटि भएमा फारम आठ बुझाउन जानकारी दिएको थियो। साथै चुनाउ आयोगको वेबसाइटमा पनि अनलाइनबाट आवेदन दिन सकिने उल्लेख छ। अभियानको प्राथमिक उद्देश्य निर्वाचनको समयमा सबै योग्य नागरिकहरूलाई मतदान गर्न प्रोत्साहित गरी राज्यमा लोकतन्त्रको निर्माणमा सचेतना गर्नु रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement