काठमाडौंमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ हुने

Pustak-Pradarshani.jpg

काठमाडौं: काठमाडौंको भृकुटीमण्डपमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ हुने भएको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसयी महासंघले र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा यही मंसिर ५ गतेदेखि ९ गतेसम्म पुस्तक प्रदर्शनी हुन लागेको आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।उक्त पुस्तक प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, भारत, बंगलादेशलगायत चीन, अमेरिका, इजिप्टसहित १५ भन्दा बढी मुलुकका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने जनाइएको छ। प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजकले बताए ।पुस्तक प्रदर्शनीमा विभिन्न मुलुकका गरी १८० भन्दा बढी स्टल रहनेछन्। कार्यक्रमका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरेले पुस्तक प्रदर्शनी व्यापार, पठन संस्कृति, लेखक र पाठकहरुसँग सम्बन्धित रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement