१२,५०० बोतल कफ सिरप जफत

new_project_-_2023-11-19t100123.263-sixteen_nine.jpg

करीमगंज: नशा विरूद्ध चलाइएको अभियानमा करीमगंज पुलिसले आइतवार भारी मात्रामा नशालु फेन्सिडिल कफ सिरप जफत गऱ्यो। करीमगंजमा असम-त्रिपुरा सीमामा चुराइबारीमा एक ट्रकबाट कफ सिरप जफत गरियो।

त्रिपुरा गइरहेको एउटा ट्रकबाट कोडन फस्फेटको १२,५०० बोतल जफत गरिएको छ। एउटा ट्रक (आरजे-०जीबी-३६१५) मा छापा मारियो र गुप्त कक्षबाट प्रतिबन्धित कोडीन फस्फेट जफत गरियो।

ट्रकमा लगिरहेका विभन्न समानहरूमुनि एउटा गुप्त च्याम्बर थियो, जसमा भारी मात्रामा नशालु कफ सिरप लुकाइएको थियो। जफत गरिएको कफ सिरपको बजार मूल्य लगभग 50 लाख रूपियाँ बताइएको छ। ट्रक चालकलाई कफ सिरपको आपूर्तिको आरोपमा पक्राउ गरिएको छ। पक्रा परेको चालकको पहिचान राजस्थान निवासी छेनारामको रूपमा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement