शिक्षा संघ र दार्जीलिङ एफए-को जीत

IMG_20220720_175954.jpg

२० जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत बुधवार दुईवटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पहिलो म्याचमा शिक्षा संघ हायर सेकेण्डरी स्कूलले थ्री कोन एफसीलाई २-१-ले पराजित गऱ्यो। पूल ए-को यस म्याचमा विजेता टीमबाट आजाद राई र प्रतीक राईले १-१ गोल गरे। यसबाहेक थ्री कोन एफसीबाट कुंगा भूटियाले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा दार्जीलिङ फूटबल एकाडमीले वेष्ट पोइण्ट स्कूललाई ५-१-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट सांगेल तामाङले २ गोल गरे। यसबाहेक प्रतीक थामी, रोहन बीके र प्रयास गुरुङले १-१ गोल गरे। यसरी नै वेष्ट पोइण्ट स्कूलबाट निरान मंगरले १ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement