नयाँ दिल्लीः राष्ट्रपति द्रौपदी मुर्मू २० -देखि २२ नोभेम्बरसम्म ओडिशा अनि आन्ध्रप्रदेशको भ्रमणमा रहनेछन्। राष्ट्रपति सचिवालयको निर्देशानुसार २० नोभेम्बरका दिन राष्ट्रपतिले बारीपदामा अखिल भारतीय सन्ताली लेखक सङ्घको ३६औं वार्षिक सम्मेलन अनि साहित्यिक महोत्सवको उद्घाटन सत्रमा भाग लिनेछन्। त्यै दिन कुलियानामा एकलव्य मोडल आवासीय विद्यालयको उद्घाटन पनि गर्नेछन्।
२१ नोभेम्बरका दिन राष्ट्रपतिले पहाड़पुर गाउँमा कौशल प्रशिक्षण केन्द्रको उद्घाटन गर्नेछन्। त्यसपछि उनले बादामपहाड़ रेलवे स्टेशनको दौड़ाह गर्नेछन् जहाँ उनले तीनवटा नयाँ ट्रेनहरू क्रमैले बादामपहाड़-टाटानगर मेमू, बादामपहाड़-राउरकेला साप्ताहिक एक्सप्रेस अनि बादामपहाड़-शालीमार साप्ताहिक एक्सप्रेस-लाई झण्डा देखाउनेछन्। यस अतिरिक्त उनले नयाँ रायरङ्गपुर डाक मण्डलको उद्घाटन गर्नेछन्। रायरङ्गपुर डाक मण्डलको स्मारक कभर जारी गर्नेछन् साथै बादामपहाड़ रेलवे स्टेशनको पुनर्विकासको आधारशिला रख्नेछन्।
राष्ट्रपतिको बादामपहाड़-शालीमार एक्सप्रेसको माध्यमबाट बादामपहाड़देखि रायरङ्गपुरसम्म यात्रा गर्ने कार्यक्रम पनि छ। त्यै साँझ उनले वीर सुरेन्द्र साई प्रौद्योगिकी विद्यालय, बुर्लाको १५औं वार्षिक दीक्षान्त समारोहमा भाग लिनेछन्। राष्ट्रपतिले बुधवार २२ नोभेम्बरमा ब्रह्माकुमारीज, सम्बलपुरद्वारा आयोजित ‘राष्ट्रिय शिक्षा अभियान- नयाँ भारतको लागि नयाँ शिक्षा’ -को शुभारम्भ गर्नेछन्। त्यसपछि उनले पुट्टपर्थीको यात्रा गर्नेछन् जहाँ उनले श्री सत्य साई इन्स्टीट्यूट अफ् हायर लर्निङ्गको ४२औं दीक्षान्त समारोहमा भाग लिनेछन्।
-हिस