वातसल्य र उपचारका निम्ति ५८ जनालाई आर्थिक सहयोग प्रदान

IMG-20231119-WA0215.jpg

गान्तोक: वर्तमान सरकारले राज्यका मानिसहरू आर्थिक अवस्था कमजोरी भएर उपचार गराउन नपाएर कसैको पनि मृत्यु नहोस् भन्ने उद्देश्यले मुख्यमन्त्री चिकित्सा सहायता योजना शुरू गरेका हुन्। हाल राज्य बाहिर उपचार गरिरहेका रोगीहरूलाई मुख्यमन्त्रीले उक्त योजनामार्फत आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन्। यसै क्रममा आज राजधानीस्थित सम्मान भवनमा ३८ जनालाई वत्सल्य योजना अन्तर्गत आर्थिक सहयोग प्रदान गरियो भने यसरी नै राज्य बाहिर उपचारधीन २० जना रोगीलाई पनि सहयोग प्रदान गरियो। उल्लेखनीय छ, राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले केही महिना अघि निःसन्तान महिलाहरूको उपचार हुन् सकोस् साथै उनीहरूको पनि आमा बन्ने सपना पुरा होस् भन्ने ध्येयले वातसल्य योजना शुरू गरेको थियो। हाल उक्त योजना अन्तर्गत धेरैले उपचार पाएपछि आमा बनिसकेका छन्। यसरी उपचारको निम्ति आर्थिक सहयोग पाएकोमा लाभार्थीहरूले मुख्यमन्त्री प्रेम सिंह तामाङलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement