बाङ्गला सहायता केन्द्र मेलाको आयोजन

IMG-20220519-WA0130.jpg

कालचिनी। पश्चिम बङ्गाल राज्य सरकारको प्रायः २७४ वटा विभिन्न सरकारी प्रकल्पको सुविधा औ अनलाइन आवेदनहरु निःशुल्क गर्नसक्नलाई बाङ्गला सहायता केन्द्र (बीएसके) कालचिनी ब्लकको ५ ठाउँमा रहेको र यसले जनसाधारणको सुविधामा धेरै मदत पुऱ्याईरहेकोले आज बीएसके मेलाको आयोजन गर्दै जनसाधारणलाई यसको सचेतना प्रदान गर्ने प्रयास गरिएको कालचिनी बीडीओ प्रशान्त बर्मनले जनाएका छन।
बीएसकेमा कसैले पनि कुनै पनि आवेदन गर्न निःशुल्क पाउने भएकोले यसबाट जनसाधारणले लाभ प्राप्त गर्न सकियोस भन्ने मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा तथा अलिपुरद्वार जिल्ला शासकको कार्यदिशामा यो मेलाको संक्षिप्त आयोजना गरिएको र अब कसैले पनि कुनै पनि सरकारी कागजपत्रहरुको आवेदन बीएसकेमा पुगेर निःशुल्क गर्नसक्ने अपिल पनि बीडीओ प्रशान्त बर्मनले गरेका छन।
कालचिनी खण्डमा कालचिनी बीडीओ कार्यालय, एसआई कार्यालय, उत्तर लोथाबारी ग्रामीण अस्पताल परिसर, साताली र जयगाउँ पीएचसी लगाई ५ वटा ठाउँहरुमा यो बाङ्गला सहायता केन्द्र रहेको बीडीओ प्रशान्त बर्मनले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement