विश्वकप क्रिकेट २०२३: अस्ट्रेलिया विरुद्धको फाइनलमा भारत २४० रनमा सीमित, अब जिम्मेवारी बलरको काँधमा

India-vs-Australia

अहमदाबाद: अस्ट्रेलियाविरुद्धको विश्वकपको फाइनलमा भारतीय टोली २४० रनमा अलआउट भएको छ। अस्ट्रेलिया टोलीलाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ। भारतका लागि केएल राहुलले सर्वाधिक ६६ र विराट कोहलीले ५४ रन बनाए। कप्तान रोहित शर्माले ४७ र सूर्यकुमार यादवले १८ रन बनाए। कुलदीप यादवले १० रनको योगदान दिए। यी पाँच खेलाडीबाहेक कसैले दोहोरो अंक छुन सकेनन्। रविन्द्र जडेजा ९, मोहम्मद शामी ६, श्रेयस अय्यर र शुभमन गिल ४–४ रन बनाएर आउट भए। जसप्रित बुमराहले एक रन मात्र बनाउन सके। मोहम्मद सिराजले ९ रन बनाएर अविजित रहे। अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए। प्याट कमिन्स र जोस हेजलउडले दुई–दुई सफलता हात पारे। ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए। भारतका लागि यो खेलमा विराट कोहली र केएल राहुलले चौथो विकेटका लागि ६७ रनको सबैभन्दा ठूलो साझेदारी गरेका थिए। रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि ४६ रन जोडे। रोहित, कोहली र राहुलले राम्रो सुरुवातलाई ठूलो इनिङ्समा परिणत गर्न सकेनन्। श्रेयस अय्यर, शुभमन गिल, सूर्यकुमार ठूलो समयमा असफल भए। अब सम्पूर्ण जिम्मेवारी बलरको छ। उनीबाट खतरनाक बलिङको अपेक्षा गरिएको छ।

About Author

Advertisement