विश्वकप क्रिकेट २०२३: अस्ट्रेलिया विरुद्धको फाइनलमा भारत २४० रनमा सीमित, अब जिम्मेवारी बलरको काँधमा

India-vs-Australia

अहमदाबाद: अस्ट्रेलियाविरुद्धको विश्वकपको फाइनलमा भारतीय टोली २४० रनमा अलआउट भएको छ। अस्ट्रेलिया टोलीलाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ। भारतका लागि केएल राहुलले सर्वाधिक ६६ र विराट कोहलीले ५४ रन बनाए। कप्तान रोहित शर्माले ४७ र सूर्यकुमार यादवले १८ रन बनाए। कुलदीप यादवले १० रनको योगदान दिए। यी पाँच खेलाडीबाहेक कसैले दोहोरो अंक छुन सकेनन्। रविन्द्र जडेजा ९, मोहम्मद शामी ६, श्रेयस अय्यर र शुभमन गिल ४–४ रन बनाएर आउट भए। जसप्रित बुमराहले एक रन मात्र बनाउन सके। मोहम्मद सिराजले ९ रन बनाएर अविजित रहे। अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए। प्याट कमिन्स र जोस हेजलउडले दुई–दुई सफलता हात पारे। ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए। भारतका लागि यो खेलमा विराट कोहली र केएल राहुलले चौथो विकेटका लागि ६७ रनको सबैभन्दा ठूलो साझेदारी गरेका थिए। रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि ४६ रन जोडे। रोहित, कोहली र राहुलले राम्रो सुरुवातलाई ठूलो इनिङ्समा परिणत गर्न सकेनन्। श्रेयस अय्यर, शुभमन गिल, सूर्यकुमार ठूलो समयमा असफल भए। अब सम्पूर्ण जिम्मेवारी बलरको छ। उनीबाट खतरनाक बलिङको अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement