भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको सांगठनिक सभा सम्पन्न

IMG-20231119-WA0191.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा समष्टीको सांगठनिक सचिव सीबी राईको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभालाई समष्टीको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेका थिए। सभामा तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, समष्टीको सचिव एंव सभासद नवराज छेत्री साथै भागोप्रमो तीनधारे महानदी समष्टीको पदाधिकारीहरू, नारी शक्ति, युवा शक्ति, ट्रेड लगायत सबै भातृ संगठनको पदाधिकारीहरू एंव बुथ स्तरीय कमिटीको पदाधिकारीहरू उपस्थित रहेका थिए। सभामा समष्टी सभापति राजीव थापा, नारी शक्ति तीनधारे महानदी समष्टीको सचिव एंव घैयाबारी ग्राम पञ्चायत दुईको प्रधान भगवती प्रधान, युवा शक्तिको समष्टी सचिव सञ्जीव मंगर, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जीत थापा, पञ्चायत समिति सदस्य वाङ्दी लामा आदिले सांगठनिक विषयमा वक्तव्य राखेका थिए। सभामा तीनधारे महानदी समष्टीको विभिन्न बुथ कमिटीको सभापति सचिवहरूले आफ्नो आफ्नो बुथको रिपोर्ट प्रस्तुत गरेका थिए। सभामा निर्णय गरिए अनुसार भागोप्रमो तीनधारे महानदी समष्टी कमिटीमा कर्म मोक्तान र मातृका देवानलाई सह सचिवको रूपमा चयन गरिएको छ भने अमीर प्रधानलाई समष्टी कमिटीको प्रचार प्रसार सचिव चयन गरिएको छ। त्यसरी नै विकास गुरुङलाई समष्टीको उप सभापति र योगेस प्रधानलाई समष्टी सदस्यको रूपमा चयन गरिएको छ। यसै क्रममा घैयाबारीबाट नरेन राई र नवराज प्रधानलाई पनि बुथबाट समष्टी कमिटीमा सदस्यको रूपमा चयन गरिएको छ। सभाको निर्णय अनुसार समष्टीको नरबुङ बुथ कमिटीलाई विघटन गरेर प्रणय देवानलाई संयोजकको रूपमा चयन गरिएको छ अनि उनले आगामी दश दिनभित्रमा नयाँ बुथ कमिटी गठन गर्नलाई पहल गर्नु पर्ने बताइएको छ।

सभामा भागोप्रमोको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गर्दै आगामी दिनमा भागोप्रमो तीनधारे महानदी समष्टीले बुथ पसौं अभियान गर्ने साथै भौगोलिक क्षेत्रफल अनुसार विभिन्न बुथहरूमा प्रशाखा कमिटी पनि गठन गरिने भएको छ। त्यसरी पार्टीको सांगठनिक कार्यहरूलाई पार्टीको केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा तीब्र र सक्रिय बनाएर लाने निर्णय गरिएको छ। उक्त सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टीको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement