असम चिड़ियाघरमा जिराफले दियो बच्चालाई जन्म

new_project_-_2023-11-19t115846.923-sixteen_nine.jpg

गुवाहाटी: असमकाे राज्य चिड़ियाघर सह बोटानिकल गार्डनमा एक नर बच्चा जिराफको जन्म भएको छ। राज्यका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले जिराफको जन्ममा खुशी व्यक्त गर्दै नवजात शिशुको नाम राख्ने सुझाउ मागेका छन्।

उनले आज ट्वीट गरे, असम राज्य चिड़ियाघरमा तीन दिनअघि मादा जिराफले एक प्यारो बच्चालाई जन्म दिएको बताउँन पाउँदा खुशी लागिरहेछ। नवजात शिशुको नामकरणको निम्ति कुनै सुझाउ?

असम चिड़ियाघरमा यस समय तीन जिराफ छन्। यहाँ २०१९ मा ‘विजय’ नामको नर जिराफ र २०२२ मा ‘विजया’ नामको मादा जिराफ ल्याइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement