नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतवार) सूर्योपासनाको महापर्व छठको अवसरमा समस्त देशवासीहरूलाई शुभकामना दिए। उनले भगवान सूर्यसित हरेकको जीवनमा खुसियाली ल्याइदिने प्रार्थना गरे।
प्रधानमन्त्रीले एक्समा प्रेषित शुभकामना सन्देशमा कहा- ‘महापर्व छठको सन्ध्या अर्घ्यको पावन अवसरमा आफ्ना सबै परिवारजनहरूलाई मेरो अनन्त शुभकामना। सूर्यदेवको वन्दनाले हरेकको जीवनमा नयाँ उर्जा र नयाँ उत्साह सञ्चार गरोस्। जय छठी मइया।’
यसअघि गए शनिवार राष्ट्रपति द्रौपदी मुर्मूले छठ पूजाको अवसरमा देशवासीहरूलाई शुभकामना दिएकी थिइन्। राष्ट्रपतिले आफ्नो सन्देशमा भनेकी थिइन्- ‘छठ पूजाको शुभ अवसरमा म सबै नागरिकहरूलाई हार्दिक बधाई अनि शुभकामना दिन्छु। छठ सूर्य देवको पूजालाई समर्पित पर्व हो। यो नदि, तलाउ र पानीका अन्य श्रोतहरूप्रति श्रद्धा अनि कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो।’









