सिलगढी: विश्व क्रिकेटको मेगा फाइनल आज गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुँदैछ। विश्वकपको फाइनलमा आयोजक भारतले अष्ट्रेलियाको सामना गर्नेछ ।भारतीय क्रिकेट टोलीको जितको लागि सिलगढीमा क्रिकेट प्रेमीहरूले यज्ञ आयोजना गरेका छन्। १२ वर्षपछि भारत फेरि विश्वकै उत्कृष्ट खेलाडी बन्ने बाटोमा छन्। पिपल्स वरलफेयर संस्थाले यज्ञको आयोजना गरेको हो।










