आगामी विधानसभा चुनाउबारे सोरेङमा उच्चस्तरीय बैठक

IMG-20231118-WA0224.jpg

गान्तोक: सोरेङ जिल्ला निर्वाचन अधिकारी भीम ठटालको अध्यक्षतामा आज सोरेङमा आगामी २०२४ को आम निर्वाचनको जिल्ला निर्वाचन व्यवस्थापन योजनाबारे छलफल गर्न बैठक बस्यो। जिला पञ्चायतले प्रस्तुत गरेको पावर पोइन्ट प्रेजेन्टेशन मार्फत व्यवस्थित मतदाता शिक्षा र निर्वाचन सहभागिता, अपाङ्गता भएका मतदाताको व्यवस्था, यातायात व्यवस्थापन, तालिम पहल, मिडिया अनुगमन र अन्य सम्बन्धित व्यवस्था लगायतका विभिन्न विषयमा सदनमा छलफल भएको थियो। छलफल पछि जिल्लापाल ठटालले सबैलाई प्रेसाइडिङ अफिसरहरूको लागि ह्यान्डबुक मार्फत अधिकारीहरूको भूमिका र कर्तव्यहरूबारे जानकारी दिए। उनले एसडीएमहरूलाई रिटर्निंग अफिसरहरूका लागि ह्यान्डबुक अध्ययन गर्न सल्लाह दिए। त्यसपछि उनले निर्वाचन प्रक्रियामा भएको पछिल्लो संशोधन र परिवर्तनबारे जानकारी गराए। उनले इलेक्ट्रोनिकली ट्रान्समिटेड पोष्टल मतपत्र प्रणालीबारे पनि बताए। सबै कार्यालय प्रमुखहरूलाई आगामी निर्वाचनमा जिम्मेवारी लिन कर्मचारीहरूको डाटाबेस ढिलाइ नगरी पेश गर्न आग्रह गरिएको छ। बैठकमा अतिरिकित जिल्लापाल धिरज सुवेदी लगायत जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement