कथाकृति ‘यशोधरा’को विधिपूर्वक लोकार्पण

IMG-20231118-WA0184

दार्जीलिङ: कथाकार, कवि, आध्यात्मिक चिन्तक किरण स्याङदेनकृत कथा संग्रह यशोधराको लोकार्पण स्थानीय नेपाली साहित्य सम्मेलन, दार्जीलिङको सुधपा प्रेक्षागृहमा सम्पन्न गरियो। उक्त कार्यक्रम साहित्यकार, कवि दलसिंह अकेलाको अध्यक्षता, विवेक केशर पाण्डेको प्रमुख आतिथ्य, कथाकार मधुसुदन विष्ट, साहित्यकार विन्ध्या विन्दया सुब्बा, पूर्व संयोजक नेपाली भाषा परामर्श समिति  साहित्य अकादमी प्रेम प्रधान, साहित्यकार सपन प्रधान, महेश दाहाल,  सूरज गुरुङ साथै कृतिकार किरण स्याङदेनलगायत अन्य गणमान्य व्यक्तिविशेषको उपस्थितिमा सम्पन्न गरियो।

कवि केवलचन्द्र लामाद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा अतिथिहरुमा श्रद्धार्पण गरिएपछि माता सरस्वतीको तस्वीरमा दिपप्रज्वलन गरिएपछि दार्जीलिङका प्रतिष्ठित गायिका सोनु राईद्वारा सरस्वती वन्दना प्रस्तुत गरियो। यसपछि साहित्यकार अमला सुब्बाले आयोजक समितिको पक्षमा स्वागत सम्बोधन राखिएपछि कृतिकार किरण स्याङदेनको परिचयलाई सविस्तार सागर अनुप्रासले राखेपछि प्रमुख अतिथिलगायत, अध्यक्ष, विशिष्ट अतिथिहरुको बाहुलीबाट कृति यशोधराको विधिपूर्वक लोकार्पण गरियो। लोकार्पित कृतिमाथि समीक्षात्मक दृष्टिकोण राख्दै प्राध्यापक सपन प्रधानले कृति भित्रका सामग्रीलाई दर्शक अगि प्रकाश पारे। कार्यक्रममा दर्शकहरुमा मनोरञ्जन दिलाउँदै वाद्यवादन पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधनमा राख्दै प्रमुख अतिथि विवेक केशर पाण्डेले कृतिकारलाई बधाई दिँदै आफ्नो वक्तव्य प्रस्तुत गरेपछि लोकार्पित कृतिका कृतिकार किरण स्याङदेनले कृति सफलतापूर्वक प्रकाशन भएर आसम्म आफूलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने शुभचिन्तकहरुमा आभार प्रकट गर्दै आफ्नो मन्तब्य राखे। कार्यक्रम अध्यक्ष दलसिंह अकेलाद्वारा 

अध्यक्षीय सम्भाषण राखेपछि साहित्यकार मणि राई धुनले धन्यवाद ज्ञापन राखे। आज लोकार्पित कृति यशोधराबारे वार्ताकारद्वारा लोकार्पित कथासंग्रहभित्र  मानवीय संवेदना, विवशता, उत्तरदायित्व, सामाजिक अवस्था, गुण- दुर्गुण र दुर्बलताहरूलाई सरलीकृत रूपमा प्रस्तुत गरिएको अनि कृतिभित्र कथाहरू व्यंग्यात्मक रहेको नीतिपरक र  मर्मस्पर्शी कथाहरू रहेको बताएका छन्। यशोधराका कथाहरू अहिंसा र शान्तिको पक्षधर बुद्धत्वको मार्गमा रहेको पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *