त्रिलोक सुब्बाको निगरानीमा ओडिशामा शुरू भयो तीन दिवसीय ताइक्वाण्डो प्रतियोगिता

IMG-20231118-WA0215.jpg

गान्तोक: अन्तराष्ट्रिय रेफ्री मेटर त्रिलोक सुब्बालाई हिजोदेखि ओडिशामा शुरू भएको स्टेट ताइक्वाण्डो प्रतियोगितामा निर्देशकको रूपमा मनोनित गरिएको छ। हिजोदेखि ओडिशाको पुरीमा शुरू भएको सो प्रतियोगिताको समापन भोलि १९ नोभेम्बरको दिन हुने जानकारी गराइएको छ।

ओडिशा ताइक्वाण्डो एसोसिएशनद्वारा आयोजित तीन दिवसीय प्रतियोगितामा त्रिलोक सुब्बा लगायत उगेन गुरूङ र सुदीप राईलाई पुम्सेको निम्ति निर्णायक मण्डलीमा छनौट गरिएको छ। सुब्बाले जानकारी गराए अनुसार, उक्त प्रतियोगितामा रहेका विभिन्न वर्ग जस्तै सब जुनियर्स, क्याडेट, जुनियर, सिनियर सबैमा उनको निगरानी रहनेछ।

सो प्रतियोगितामा महिला र पुरूष दुवै वर्गले सहभागिता जनाएको पनि उनले थप जानकारी गराएका छन्। यस प्रतियोगितामा स्वर्ण पदक जित्नेहरूलाई आगामी दिनमा आयोजना गरिने राष्ट्रीय ताइक्वाण्डो प्रतियोगिताको निम्ति छनौट गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement