गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सम्पूर्ण सिक्किमवासीहरूलाई लोक आस्थाको महापर्व छठ पूजाको हार्दिक शुभकामना दिएका छन्।
राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, लोक आस्थाको महापर्व छठले मानिसहरूमा आत्म शुद्धि र अनुशासित गर्दछ।
छठ पूजामा मानिसहरू आफ्नो पवित्र ह्रदयले अस्तांजल र अरूणोदयलाई अर्घ चढाउॅंछन्। यो पर्व सूर्य देवप्रति मानिसहरूको अपार श्रद्धाको प्रतीक हो, जसलाई सबैले पूर्ण निष्ठा भाव र अनुशासनका साथ हर्षोल्लासपूर्वक मनाउॅंछन्।
राज्यपालले अघि भनेका छन्, आफ्नो माटोसॅंग जोडिएको उत्कृष्ट उदाहारण दिने यस पावन अवसरमा भगवान भास्करसॅंग आफ्नो रोशनी सरह हाम्रो सिक्किम राज्य र देशलाई प्रकाशित राख्ने प्रार्थनाका साथै राज्यको प्रगति, समृद्धि र शान्तिको कामना गर्दछु।











