आरबीआईका पूर्व गवर्नर एस वेंकटरमणनको ९२ वर्षको उमेरमा निधन

s-venkitaramanan_1700300010.jpeg

नयॉं दिल्ली: रिजर्भ ब्याङ्क अफ् इण्डिया (आरबीआई) का पूर्व गवर्नर एस. वेंकटरमणनको आज बिहान लामो बिमारीपछि निधन भएको छ। उनी ९२ सालको थिए। एस. वेंकटरमणन आरबीआईको १८औं गवर्नर थिए।

रिजर्भ ब्याङ्कका गवर्नर बन्नअघि उनी कर्नाटक सरकारको वित्त सचिव एवं सल्लाहकार पनि रहिसकेका थिए।

आरबीआईका पूर्व गवर्नर ९२ वर्षीय वेंकटरमणन गम्भीर बिमारीहरूले पीडित थिए। वेंकटरमणन १९९० देखि १९९२ सम्म यस पदमा थिए। उनले १९८५ देखि १९८९ सम्म वित्त मन्त्रालयमा वित्त सचिवको रूपमा पनि कार्य गरे। उनकी छोरी गिरिजा वैद्यनाथन तमिलनाडुको पूर्व मुख्य सचिव हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement