सभासद कल्पना प्रधानद्वारा लङ्भ्युको चौतिसमा नव निर्मित समाज घरको उदघाटन

IMG-20231118-WA0200.jpg

खरसाङ: पंखाबारी लंगभ्यु अम्बटे समष्टिको कार्यकारी सभासद कल्पना प्रधानद्वारा सभासद कोषबाट निर्मित नयाँ समाजको घरको उदघाटन गरिन्। खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको लंगभ्यु तराई चौतिसमा नव निर्मित भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभासद कल्पना प्रधानले ग्रामवासीलाई चुनाव अवधिमा दिएको वचन पुटूरा गर्न सकेकोमा आफू खुशी रहेको बताइन् साथै यस कार्यको निम्ति उनले आफू जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति कृतज्ञता प्रकट गरिन्। उनले नव निर्मित समाज घरको उचित देखभाल गर्ने जिम्मा अब उसो ग्रामवासीको रहेको बताइन्। सभासद कल्पना प्रधानले समाज घरको कार्य गुणस्तरीय भएको र यसको निम्ति ग्रामबटवासीको सहयोगको पनि धन्यवाद दिइन्।

आज सम्पन्न उदघाटन कार्यक्रममा भागोप्रमो पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधान, लंगभ्यु भागोप्रमो संयोजक साथै पञ्चायत समिति सदस्य मौसम लामा, सह-अभियन्ता अविनाश शर्मा साथै स्थानीय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement