जीटीएमा २०१७ देखि भ्रष्टचार भईरहेको बिमल गुरुङको आरोप
कालेबुङ: आज कालेबुङमा गोर्खा जनमुक्ति युवा मोर्चाको स्थापना दिवस सम्पन्न भएको छ। उक्त समारोहमा मुख्य अतिथिको रूपमा गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङ उपस्थिति रहेका थिए। उक्त कार्यक्रमपछि पत्रकार भेटघाटमा उनले सन् २०१७ देखि जीटीएमा भएको भ्रष्टाचारबारे कुरा गर्दै आफू भ्रष्टाचारविरुद्ध लड्न आग्रह गर्दै हिँडिरहेको बताए। उनले जीटीएमा विकास र रोजगारी छैन भने जीटीए किन चलाउने भनी प्रश्न तेर्साएका छन्। गुरुङले शिक्षा, खाने पानी लगायत हरेक क्षेत्रमा भ्रष्टाचार भइरहेको पनि आरोप लगाएका छन्।

उनले अलग राज्य गोर्खाल्याण्डको मांगका लागि हामी काम गरिरहेका छौँ र २०२४ अघि नै ठोस कुरा सुनिनेछ भनी बताएका छन्। उनले एक प्रश्नको उत्तरमा हामीले सांसदको निर्वाचनबारे केही निर्णय गरेका छैनौं तर सबै सिटमा चुनाव लड्ने पनि उनले बताए।











