छठ पूजाको निम्ति गंगा घाटहरूमा सम्पूर्ण व्यवस्था

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालका मन्त्री र कोलकाताका मेयर फिरहाद हकीमले शनिवार भने, राज्य सरकार र कोलकाता नगर निगमले छठ पूजा उत्सवको निम्ति सम्पूर्ण व्यवस्था र तयारी गरिसकेको छ। उनले छठ पूजापछि घाटहरूको सफाई पनि गरिने बताए।

यस सम्बन्धमा फिरहाद हकीमले भने, धेरै ठाउॅंहरूमा घाटहरूको निर्माण गरिएको छ। केही घाटहरूको निर्माण अस्थायी रूपमा प्लास्टिक लाइनिंगको उपयोग गरेर गरिएको छ ताकि छठ पूजा घर छेवैमा गर्न सकियोस्। सबै घाटहरूमा साफ-सफाई, पानीको व्यवस्था, महिलाहरूको निम्ति शौचालय र लुगा फेर्ने व्यवस्था गरिएका छन्।

उनले अझ भने, महिलाहरूको सुविधाको निम्ति कोठाहरूको निर्माण गरिएको छ। हाम्रा अधिकारीहरू भोलि सॉंझ र बिहान सबै ठाउॅंमा हुनेछन्। पूजाको निम्ति घाटहरूको उपयोगपछि त्यहॉं सफाई अभियान चलाइने छ। यसमा एक महिना समय लाग्नेछ, तर हामी सफाई गर्ने छौ। हामी सम्भावित सबै परिदृश्यहरूको सामना गर्न तयार छौँ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement