कोलकाताः पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोसले यहाँ राजभवनको उत्तरी गेटको नाम बदली गरेर रवीन्द्रनाथ टेगोरको नाममा राख्ने फसेला गरेका छन्। राजभवनको सूत्रहरू अनुसार, राज्यपालको निर्णय, एशियाको प्रथम नोबेल विजेता गुरूदेव रवीन्द्रनाथ टेगोरको सम्मानको निम्ति गरिएको हो। यो निर्णय केन्द्रिय शिक्षा मन्त्रालयद्वारा विश्व भारती विश्वविद्यालय, (जसको स्थापना टेगोरद्वारा गरिएको थियो) का अधिकारीहरूसित विश्वविद्यालय परिसरबाट यूनेस्कोद्वारा शान्तिनिकेतनलाई विश्व धरोहर स्थलको दर्जा दिने स्मृतिमा विवादास्पद पट्टिकाहरू हटाउन भनेको ठीक दुईदिनपछि आयो। विश्व भारतीमा जुन पट्टिका लगाइएको थियो, त्यसमा गुरूदेवको नाम थिएन, जसमा विवाद भएको थियो, मुख्यमन्त्री ममता ब्यानर्जीले पनि त्यसमाथि प्रश्न चिह्न खड़ा गरेकी थिइन्। मन्त्रालयले एक नोटिस पठाएको छ, जसमा अधिकारीहरूलाई तीन पट्टिकालाई तुरन्तै हटाउन भनिएको छ, जसमा प्रधानमन्त्री नरेन्द्र मोदी, जो केन्द्रिय विश्व विद्यालयको कुलाधिपति हुन् र पूर्व कुलपति बिद्युत चक्रवर्तीको नाम त अंकित छ तर टेगोरको नाम अंकित छैन।
राज्यपाल स्वयं विवादास्पद पट्टिकाहरू विरूद्ध शुरुदेखि नै खुल्लेर बोलिरहेका छन् र भनेका छन्, टेगोर सही अर्थमा वैश्विक संस्कृतिका प्रतिनिधि हुन्, यसैले उनीद्वारा स्थापित विश्वविद्यालयका पट्टिकाहरूमा सदैव उनको नाम अंकित हुनुपर्छ।
-हिस










