पालिका नियुक्ति भ्रष्टाचारः ईडीले नगरपालिका कर्मीहरूको बायोमेट्रिक्सको मिलान गर्ने

IMG-20230528-WA0320-5-300x172-3

कोलकाताः केन्द्रिय जॉंच एजेन्सीले सरकारी भर्ती घोटालामा सबै नगरपालिकाहरूको उपस्थिति रजिस्टर र बायोमेट्रिक मेशीनहरूलाई जॉंचको परिधिमा लिएको छ। जॉंच एजेन्सी अनुसार, जुन व्यक्तिहरूले पैसाको साटो नोकरी पाएका छन्, उनीहरूले काम नगरि वा कार्यस्थलमा उपस्थित नभइ वेतन प्राप्त गरेका छन्।

सूत्रहरूको दाबी अनुसार, जॉंचकर्ताले यस सम्बन्धमा लोक निर्माण एवं शहरी विकास विभागसॅंग कुरा गरिसकेको छ। नोकरीको निम्ति मात्र पैसाको आदान-प्रदान होइन, तर कर्तव्यहरूको पालनमा पनि अनियमित रह्यो। केन्द्रिय जॉंच ब्यूरो पीयूआर भर्ती भ्रष्टाचारको जॉंच गरिरहेको छ। यस सम्बन्धमा १० नगर पालिकाहरूको नाम अघि आएको छ। यी सबै नगर पालिकाहरूलाई कर्मचारीहरूको उपस्थितिको बायोमेट्रिक रेकर्ड मागिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement