सिलगढी: स्पेशियल अपरेशन ग्रुप (एसओजी) र सिलगढी थाना पुलिसले ब्राउन शुगरको तस्करीको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम रजक हुसैन हो। उनी उत्तर दिनाजपुर जिल्ला निवासी हुन्। जानकारी अनुसार, गए राति रजक आफ्नो बाइकमा ब्राउन शुगर डिलीवरी गर्नको निम्ति सिलगढीको एसएफ रोड संलग्न मिलनपल्ली पुगेको थियो। यसको गुप्त सूचना एसओजीले प्राप्त गरेको थियो।सूचना पाएर एसओजीले सिलगढी थानासॅंग संयुक्त अभियान चलाएर रजक हुसैनलाई पक्राउ गऱ्यो। रजक हुसैनको बाइकको डिक्कीबाट ५०० ग्राम ब्राउन शुगर बरामद गरिएको छ। सिलगढी थाना पुलिसले रजक हुसैनमाथि एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर अगाडिको कानूनी कारबाही शुरू गरेको छ।











