कोलकाताः बंगालको खाडीमा उठेको चक्रवात मिधिलीको प्रभावले आज शनिवार पश्चिम बंगालमा दिनभरि छिटपुट वर्षा हुन सक्छ। अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयले आज जारी गरेको बयानमा उक्त जानकारी दिइएको छ।
रिपोर्टमा भनिएको छ, बिहिवारदेखि नै लगातार पानी परिरहेको छ, जुन शुक्रवार पनि दिनभरि जारी रह्यो। शनिवार पनि पानी पर्ने क्रम जारी रहने बताइएको छ। शनिवार दिउॅंसो केही समयका लागि पानी पर्न रोकिने, तर राति फेरि समुद्र तटीय जिल्लाहरू कोलकाता, हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना तथा पूर्व र पश्चिम मेदिनीपुरमा पानी पर्न शुरू हुनेछ।
शुक्रवार सॉंझ चक्रवात मिधिलीले बांग्लादेशमा ताण्डव मचाएको छ। लगातार वर्षाका कारण पश्चिम बंगालमा तापक्रम घटेको छ। अधिकतम तापक्रम २७.४ डिग्री सेल्सियस रेकर्ड गरियो जुन सामान्यभन्दा तीन डिग्री कम हो। न्यूनतम तापक्रम केवल २१.०१ डिग्री सेल्सियस छ। आगामी हप्तादेखि तापक्रम बढ्न शुरू हुनेछ। उत्तर बंगालको अलिपुरद्वार, कोचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा छिटपुट वर्षा भयो। यहॉं पहिलेदेखि नै मौसम जाडो छ।











