कोचबिहारः छठ महापर्वलाई लिएर शनिवार जिल्लाका पुलिस अधीक्षक द्युतिमान भट्टाचार्यले टिस्टा नदीका घाटहरूको निरीक्षण गरे। यस अवधि पुलिस अधीक्षकले कमिटीसित सुरक्षालाई लिएर चर्चा गरे।
निरीक्षणपछि पत्रकारहरूसित कुराकानीमा उनले भने, छठ पूजा गर्ने श्रद्धालुहरूलाई कुनै समस्या नहोस् यसको निम्ति प्रशासनले जिल्लाका सबै घाटहरूको निरीक्षण गरिरहेछ। सबै छठ कमिटीहरूलाई घाटहरूमा सीसीटीभी क्यामरा लगाउने निर्देश दिएको छ। यस बाहेक कुनैपनि दुर्घटनादेखि जोगिनका लागि हाम्रो प्रशासनको तर्फबाट सिविक भोलेन्टियर र पुलिसलाई तैनात राखिनेछ।











