वर्ल्ड कप फाइनल म्याच: बलिवुडका म्युजिक कम्पोजर प्रीतमले ५०० कलाकारहरूसित प्रस्तुति दिने

Watch-ICC-Cricket-World-Cup-2023-on-Firestick-for-Free.jpg

अहमदाबाद: देशमा वर्ल्ड कप क्रिकेटको उत्साह उत्कर्षमा पुगेको छ। म्याच हेर्नका लागि देश-दुनियाँका फ्यान्स फ्लाइट एवं होटलहरूको बुकिङ्गमा ओइरिएका छन्।

अहमदाबाद औ यसका निकटवर्ती शहरहरूमा अवस्थित पाँच तारा, तीन तारा सहित अन्य होटलहरूमा कोठाको मागले आकाश छोइरहेको छ।

आइतवार रातीको लागि टप भाइभ स्टार होलटको भाड़ा १०-१२ हजारको सट्टा ३ लाख रुपियाँसम्म पुगेको छ। अहमदाबाद, प्रयागराज, मुम्बई समेत देशका धेरैवटा ठाउँहरूमा भारतको जितको लागि प्रार्थनाहरू गरिँदैछ। रेलवेले दिल्ली र मुम्बईदेखि अहमदाबादसम्मको लागि विशेष रेलहरू संचालन गर्ने घोषणा गरेको छ। आयोजनलाई अविस्मरणीय तुल्याउनको लागि म्याच शुरू हुनअघि र पछि सम्पन्न हुने धेरैवटा आकर्षणले दर्शकहरूलाई रोमाञ्चित पार्नेछ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतवार २ बजेदेखि भारत अनि अस्ट्रेलियामाझ वर्ल्ड कपको फाइनल म्चाय खेलिनेछ। भारत-अस्ट्रेलियाबीच हुने यस रोमाञ्चक प्रतिस्पर्धालाई विशेष बनाउनकालागि आईसीसी र बीसीसीआई दुवैले मिलेर विशेष तयारी गरेको छ। वर्ल्ड कप फाइनलको म्याच शुरू हुनअघि वायु सेनाको सूर्यकिरणको एरोबेटिक टीमद्वारा एयर शो प्रस्तुत गरिनेछ।

यसको लागि गए बिहीवार-शुक्रवार वायुसेनाका विमानहरूले पूर्वाभ्यास गरिसकेका छन्। म्याचमा प्रधानमन्त्री नरेन्द्र मोदी सहित केन्द्रिय गृहमन्त्री अमित शाह, अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्स अतिरिक्त १०० भन्दा अधिक भीभीआईपी अमदाबादका अतिथि बन्नेछन्। बलिवुडका म्युजिक कम्पोजर प्रीतमले पाँच सय कलाकाहरूको ग्रुपसितै आफ्नो प्रस्तुति दिनेछन्।

अधिकारीहरू अनुसार म्चाय पूरा भएपछि आकाशले रङ्गीन प्रकाशमा स्नान गर्नेछ। यसको लागि विशेष तयारी गरिएको छ। यस अतिरिक्त १२०० ड्रोनको माध्यमबाट विशेष ड्रोन शो प्रस्तुत गरिनेछ। यसमा एरियल शोमा विजय भएको टीमले पनि भाग लिनेछ। वर्ल्ड कप फाइनलमा भव्य लेजर शो प्रस्तुत गर्नका लागि यूकेको लेजर शो प्रोडक्शन कम्पनीलाई सामेल गरिएको छ। म्चायन खेलिसकेपछि वर्ल्ड च्याम्पियन टीमको नाम, वर्ल्ड कप ट्रफी समेत कलाकृतिहरू ड्रोनको माध्यमबाट देखाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement